मौसम : बादलको धुम्म अवस्था हट्न केही दिन लाग्ने अनुमान
काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ र बाँकी पहाडी भू–भागमा आंशिक बादल लागेको छ । तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग तथा कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा/हिमपातको रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपाली आकाशमा देखिएको बादलको धुम्म अवस्था हट्न केही दिन लाग्ने अनुमान गरिएको छ ।
