भक्तपुर-१ मा नेमकिपाभन्दा रास्वपाका रुकेश रञ्जित ५,२८९ मतान्तरले विजयी

काठमाडौं  ।  राष्ट्रिय स्वतन्त्र पार्टीका रुकेश रञ्जित भक्तपुर-१ बाट विजयी भएका छन्। ३३,४३६ मत ल्याउँदै उनी प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २८,१४७ मत प्राप्त गर्दै पराजित भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार नेपाली कांग्रेसका किरण न्यौपाने ४,२८२ मत ल्याउँदा एमालेका सोमप्रसाद मिश्र ३,७२१ मत प्राप्त गरे। यस अगाडि नेमकिपाका सुवालले निरन्तर जित्दै आएका थिए। विजयको औपचारिक घोषणा हुन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर