काठमाडौं-६ र ८ मा रास्वपाका उम्मेदवार विजयी

काठमाडौं ।  काठमाडौँ-८ बाट रास्वपाका विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ । उहाँ २४५९२ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपाका सुमन सायमीले ३२१७ मत प्राप्त गर्नुभयो ।

विक्रम सम्वत् २०३८ साल बैशाख १ गते काठमाडौँमा जन्मिनुभएका विराजभक्त महर्जनको प्रतिनिधिसभाको यात्रा यो दोश्रो हो ।यस अघि २०७९ मंसिरमा भएको प्रतिनिधि सभामा उहाँ काठमाडौँको यही ८ नम्बर क्षेत्रबाट निर्वाचित हुनु भएको थियो । यसअघि, उहाँ २०७४ सालको प्रदेशसभा निर्वाचनमा विवेकशील साझा पार्टीबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।
महर्जन प्रचण्ड नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्रीसमेत बन्नु भएको थियो । बिजनेस एड्मिनिस्ट्रेशन’मा स्नातक गर्नुभएका श्रेष्ठले राजनीति यात्रा सुरु गर्नु पहिले होटल-रेस्टुरेन्ट व्यवस्थापन र विभिन्न परियोजनाहरूमा आवद्ध हुनुहुन्थ्यो ।

शिशिर खनाल काठमाडौँ-६ बाट निर्वाचित

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल काठमाडौँ-६ बाट निर्वाचित हुनु भएको छ । खनाल २७७११ मतसहित विजयी हुनुभएको हो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६६७४ मत पाउनु भएको छ।

प्रतिनिधिसभामा ४६ वर्षीय खनालको यो दोस्रो यात्रा हो। राष्ट्रिय स्वतन्त्र पार्टी पार्टीका सचिवालय सदस्य खनाल यस अघिकै निर्वाचन क्षेत्र काठमाडौँ-६ बाट निर्वाचित हुनु भएको थियो ।

काठमाडौँ टोखाका स्थायी बासिन्दा खनाल राजनीतिमा आउनुअघि सामाजिक सेवा, शिक्षा र नीति निर्माणका क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो।

सन् २००५ देखि २०१२ सम्म श्रीलंका, नेपाल र अमेरिकामा सञ्चालन भएको सर्वोदय श्रमदान अभियानमार्फत उहाँले सामुदायिक विकास तथा स्वयंसेवी अभियानमा काम गर्नुभएको थियो।

उहाँले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन–म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर र वज्रपोर्ट विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातक गर्नुभएको छ। उहाँ छोटो समय शिक्षा मन्त्रीसमेत बन्नु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर