नेकपाका संयोजक प्रचण्ड रुकुम पूर्वबाट विजयी

काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्ड रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य पदमा विजयी हुनु भएको छ ।  उहाँले १० हजार २४० मत प्राप्त गर्नु भयो । उहाँका निकटम् प्रतिद्वन्दी एमालेका लिलामणि गौतम ३ हजार४६२ मत प्राप्त गर्नु भएको थियो ।

२०११ सालमा कास्कीको ढिकुरपोखरीमा जन्मिनुभएका नेकपा संयोजक पुष्प कमल दाहालले २०२८ सालबाट राजनीतिक यात्रा सुरु गर्नु भएको थियो ।

कम्युनिस्ट पार्टीको सदस्यता लिएसँगै सुरु भएको थियो। कृषिमा स्नातक गरेपछि उनी गोरखाको आरुघाटस्थित भीमोदय माविमा विज्ञान, गणित र अंग्रेजी पढाउने शिक्षक थिए।

शिक्षक हुँदा उनले स्थानीयलाई कम्पोष्ट मल बनाउन र चर्पी प्रयोग गर्न सिकाउने गर्थे। तर, उनको भित्री लक्ष्य शिक्षक बन्नु थिएन, समाजलाई नै आमूल परिवर्तन गर्नु थियो।

२०४३ सालमा तत्कालीन नेकपा (मशाल) मा भएको ‘सेक्टर काण्ड’ पछि मोहन वैद्यको ठाउँमा नेतृत्व सम्हाल्ने अवसर पाएका प्रचण्डले त्यसयता ३६ वर्षदेखि निरन्तर पार्टीको साँचो आफ्नै हातमा राखेका छन्। जनयुद्धको नेतृत्व गर्दै २०६३ सालमा शान्ति प्रक्रियामा आएपछि उनी तीन पटक देशको प्रधानमन्त्री भइसक्नुभएको छ । शान्तिप्रक्रियामा आएसँगै लगातार संसदीय यात्रामा रहनु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर