देशभरका २३ स्थानमा नक्कली वस्तु, सेनाद्वारा निष्क्रिय
काठमाडौं । देशभरिका विभिन्न २३ स्थानहरूमा शंकास्पद वस्तु (होक्स) फेला परेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यकासहित विभिन्न ठाउँहरूमा शंकास्पद वस्तु राखेर तर्साउने काम भएको हो ।
त्यस्ता शंकास्पद वस्तुहरू नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । प्रहरीका अनुसार काठमाडौंका २ ठाउँमा, ताप्लेजुङ, मोरङ, सर्लाही, रौतहट, सप्तरी, चितवन, मकवानपुर, बाग्लुङ, बाँके, कपिलवस्तु, बर्दिया, कञ्चनपुर लगायतका ठाउँहरूमा होक्स भेटिएको हो । यस्ता निर्वाचनविराधीे गतिविधिबाट नतर्सन सरकारले सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्रतिक्रिया
