भ्रामक सूचनामा विश्वास नगर्न नेपाली सेनाको आग्रह

काठमाडौं ।  नेपाली सेनाले अतिरञ्जित तथा भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । सेनाले बुधबार सूचना जारी गर्दै सेनालाई जोडेर सुनियोजित ढङ्गबाट प्रसारित असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको हो ।

नेपाली सेनाले आफ्नो गैर-राजनीतिक चरित्र कायमा राख्दै संविधान प्रदत्त एवं अन्य जिम्मेवारीहरू सदैव कुशलतापूर्वक निर्वाह गर्दै आएकोमा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनाअनुसार सरोकारवाला सबै निकायहरूसँग समन्वय र सहकार्यसहित सुरक्षाका कार्यहरू गर्दै आएको छ’, सेनाले भनेको छ, ‘नेपाली सेनालाई जोडेर सुनियोजित ढङ्गबाट प्रसारित असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास नगर्न/नगराउन आम जनसमुदायलाई हार्दिक अपिल गर्दछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर