ज्योतिष रुद्रनाथ अधिकारी हिरासत मुक्त
काठमाडौं । चुनाव नहुने भनेर भविष्यवाणी गरेर भ्रम फैलाइएको आधारमा पक्राउ गरिएका ज्योतिष रुद्रनाथ अधिकारी हिरासतमुक्त भएका छन् । उनलाई हाजिरी जमानीमा छोडिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अधिकारीलाई सोमबार साँझ चन्द्रागिरीबाट पक्राउ गरेको थियो । पक्राउपश्चात उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको थियो । उनी हिजै हाजिरी जमानीमा छुटेको काठमाडौंका जिल्ला प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया
