राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउनु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिंहदरबारमा दिउसो तीन बजेका लागि बैठक बोलाउनु भएको प्रधामन्त्री कार्कीका प्रेस संयोजक राम रावलले जानकारी दिनु भयो ।
निर्वाचन सुरक्षा र तयारीका सम्बन्धमा प्रधानमन्त्री कार्कीले सुरक्षा परिषदको बैठक बोलाउनु भएको बताइएको छ। भोलि हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको सवै मतदान केन्द्रहरुमा मतदान समाग्री सहित कर्मचारीहरु खटिएको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया
