नेपाली नागरिकको सुरक्षा उच्च प्राथमिकता : नेपाल सरकार

काठमाडौं । नेपाल सरकारले पश्चिम एसियास्थित इरानमा बढ्दै गएको तनावसँगै आसपासका देशमा रहेका १७ लाखभन्दा बढी नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी पश्चिम एसियाका विभिन्न १३ वटा मुलुकमा थप सङ्कट बढ्ने अवस्था आए सबै नेपालीलाई सुरक्षित रूपमा नेपाल ल्याउने गरी आवश्यक गृहकार्य भइरहेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले इरानमा बढ्दो तनाव र आसपासका मुलुक पर्न सक्ने सुरक्षा जोखिमलाई ध्यानमा राखी मध्यपूर्वका १० देशमा रहेका नेपाली नियोग र कन्सुलर निकायलाई उच्च सतर्कतामा राखिएको बताउनुभयो । प्रवक्ता क्षेत्रीले भन्नुभयो, “हालसम्म १३ मुलुकमा रहनुभएका सबै नेपाली सुरक्षित हुनुहुन्छ । हामीले ट्राभल एड्भाइजरीमार्फत सतर्कता अपनाउन आग्रह गर्दै सम्बन्धित देशको सुरक्षा प्रोटोकल अपनाउन आग्रह गरिरहेका छौँ ।” यद्यपि संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

उहाँले मध्यपूर्वमा रहेका नेपाली तथा उहाँका आफन्त नआत्तिन र आवश्यक सहयोगका लागि दूतावास, नजिकको कन्सुलर सेवा र परराष्ट्र मन्त्रालयमा सम्पर्कमा रहन पनि आग्रह गर्नुभयो । परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका सहसचिव रामकाजी खड्काले प्रभावित क्षेत्रमा रहनुभएका नेपालीको सुरक्षा उच्च प्राथमिकतामा राखिएको बताउँदै त्यसका लागि विभिन्न कूटनीतिक तथा प्रशासनिक पहल सुरु भइरहेको बताउनुभयो । खड्काले भन्नुभयो, “इरानमा रहनुभएका १० जनामध्ये चार जना फिर्ता हुनुभएको छ अन्य छ जना पनि सुरक्षित हुनुहुन्छ, हामी उहाँहरूसँग निरन्तर सम्पर्कमा छौँ ।”

उहाँले पश्चिम एसियाली मध्यपूर्वका मुलुक इरानमा १०, इजरायलमा करिब छ हजार पाँच सय, इजिप्टमा पाँच सय, ओमनमा २५ हजार, कतारमा तीन लाख ५७ हजार ९१३, कुवेतमा एक लाख ७५ हजार, बहराइनमा २८ हजार, साउदी अरबमा तीन लाख ८४ हजार ८६५, संयुक्त अरब इमिरेट्मा करिब सात लाख, लेबनानमा एक हजार पाँच सय, इराकमा ३० हजार र साइप्रसमा १७ हजार गरी १७ लाख २९ हजार २८८ नेपाली नागरिक कार्यरत रहेको बताउनुभयो ।

इरानलगायत मध्यपूर्वमा थप सङ्कट बढ्दै गए नेपालीलाई सुरक्षित रूपमा नेपाल फर्काउने तयारीसहित त्यहाँका नेपाली राजदूत तथा नियोगले समन्वय र तयारीसमेत गरेको मन्त्रालयले जनाएको छ । सम्बन्धित देशको ताजा सुरक्षा अवस्था, सरकारी निर्णय, सम्भावित जोखिम तथा नेपाली नागरिकले भोगिरहेका समस्यासम्बन्धी अद्यावधिक जानकारी आदानप्रदान भइरहेको छ ।

सम्भावित उद्धारको तयारीस्वरूप मन्त्रालयले कन्सुलर सेवा विभागलाई अनलाइन रजिस्ट्रेसन प्लेटफर्म विकास गरी त्यहाँ रहेका नेपाली नागरिकले विवरण सङ्कलन गर्न पनि निर्देशन दिएको छ । सबै नागरिकको कन्सुलर पहुँच सुदृढ गर्न २४ सै घण्टा सञ्चालन हुने कन्सुलर रेस्पोन्स हटलाइनको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।

मल्टी स्टेकहोल्डर इमर्जेन्सी रेस्क्यु टिम

इरानमा विकसित घटनाक्रमसँगै त्यहाँ रहेका नेपालीको सुरक्षालाई ध्यानमा राखी आइतबार मुख्य सचिव सुमनराज अर्यालको संयोजकत्वमा बहुसरोकारवाला मूल्याङ्कन बैठक बसेको थियो ।

बैठकले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको संयोजकत्वमा बहुसरोकारवाला आपत्कालीन उद्धार टोली (मल्टी स्टेकहोल्डर इमर्जेन्सी रेस्क्यु टिम) गठन प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । जसमा परराष्ट्र, गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित सरोकारवाला निकायको प्रतिनिधि रहने जनाइएको छ । यो संयन्त्रलाई स्थायी रूपमा सव्रिmय राखी समस्या पर्दा तत्काल परिचालन हुने गरी गठन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

यात्रा नगर्न आग्रह 

सरकारले इरानलगायतका मध्यपूर्वी मुलुकमा जान लागेका नेपालीलाई तत्काल यात्रा नगर्न र नगराउन आग्रह गरेको छ । साथै मन्त्रालयले यात्रा, अध्ययन, रोजगारी जस्ता क्षेत्रमा जारी गरिने एनओसी जारी नगर्न पनि आग्रह गरेको छ । नेपाल सरकारले अवस्था थप तानवपूर्ण भए उद्धार तथा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय संस्थासँग समन्वय बढाउँदै छिमेकी मुलुकको तयारीलाई पनि नजिकबाट नियालिरहेको जनाएको छ ।

फर्काउने तयारीसहित त्यहाँका नेपाली राजदूत तथा नियोगले समन्वय र तयारीसमेत गरेको मन्त्रालयले जनाएको छ । सम्बन्धित देशको ताजा सुरक्षा अवस्था, सरकारी निर्णय, सम्भावित जोखिम तथा नेपाली नागरिकले भोगिरहेका समस्यासम्बन्धी अद्यावधिक जानकारी आदानप्रदान भइरहेको छ ।

सम्भावित उद्धारको तयारीस्वरूप मन्त्रालयले कन्सुलर सेवा विभागलाई अनलाइन रजिस्ट्रेसन प्लेटफर्म विकास गरी त्यहाँ रहेका नेपाली नागरिकले विवरण सङ्कलन गर्न पनि निर्देशन दिएको छ । सबै नागरिकको कन्सुलर पहुँच सुदृढ गर्न २४ सै घण्टा सञ्चालन हुने कन्सुलर रेस्पोन्स हटलाइनको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर