रुँदै समाचार भनेका थिए खामेनी रहेनन्

काठमाडौं । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको निधनको खबर त्यहाँको सरकारी टेलिभिजनका समाचार प्रस्तोताले रँदै खामेनी यस दुनियाँमा नरहेको सार्वजनिक गरेको छ। यसअघि इरानका विदेशमन्त्री अब्बास अराघचीले त एनबीसी समाचार संस्थासँगको कुराकानीका क्रममा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गरेका थिए ।

तर इरान राज्यको टेलिभिजनका एक प्रस्तोताले भावकु हुँदै सर्वोच्च नेता खामेनीको मृत्यु भएको र ४० दिन शोकको घोषणा भएको जानकारी दिएको बीबीसीले जनाएको छ । खामेनीको निधनको औपचारिक जानकारीसँगै इरान सरकारले देशभर ४० दिने राष्ट्रिय शोकको घोषणा गरेको छ। यस शोक अवधिको अवधिमा इरानमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ भने देशभर विभिन्न शोक कार्यक्रमहरू आयोजना गरिने छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर