इरानद्वारा कतार, कुवेत, युएई र बहराइनस्थित अमेरिकी एअर बेसमा मिसाइल आक्रमण

काठमाडौं । अमेरिका र इसरायली आक्रमणका विरुद्ध इरानले खाडी र मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा लक्ष्य गरेर प्रत्याक्रमण गरेको छ। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार इरानले कतारमा रहेको अल उदैद हवाई अड्डा, कुवेतको अल-सालेम हवाई अड्डा, युएईको अल धाफ्रा एअर बेस, बहराइनस्थित नौसेना अड्डालाई निशाना बनाएको छ।

यसबाहेक मध्यपूर्वका बहराइनमा रहेको अमेरिकी नौसेनाको अड्डा र उत्तरी इराकमा रहेको अमेरिकी आधार शिविरलाई पनि लक्ष्य बनाएको भनेर सिएनएनले लेखेको छ। कतारले तीन पटकसम्म इरानबाट आएको मिसाइल सफलतापूर्वक नष्ट गरिएको भनेको छ। युएईमा हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेपनि मिसाइलको टुक्रा एउटा घरमा खसेको र एक जनाको मृत्यु भएको भनिएको छ। कुवेतका सैनिक प्रमुखले आकाश रक्षा प्रणालीले मिसाइलहरूलाई अवरोध गरेको पुष्टि गरेका छन्। जॉर्डनको सैन्य प्रवक्ताले दुई ब्यालेस्टिक मिसाइल सफलतापूर्वक रोकिएको जानकारी दिएका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर