प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा : आयोग

काठमाडौं : निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।  काठमाडौंमा कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिसँग बिहीबार छलफल गर्दै आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो ।

आयोगका सचिव कृष्णबहादुर राउतले आसन्न निर्वाचनको व्यवस्थासम्बन्धी कार्य पूरा भएको र विश्वसनीय निर्वाचन सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको बताए । उनले निष्पक्ष निर्वाचन गराउन जिल्ला जिल्लामा निर्वाचन आचारसंहिता अनुगमन समिति गठन र मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको समेत जानकारी गराए।

निर्वाचनको सुरक्षाका लागि प्रयाप्त मात्रामा सुरक्षाकर्मीको व्यवस्था गरेको र कुनै सुरक्षा चुनौति नदेखिएको उनले बताए। त्यस्तै सचिव राउतले पारदर्शी निर्वाचन खर्च सुनिश्चित गर्न र वित्तीय अनुशासन कायम राख्न राजनीतिक दलहरू र उम्मेदवारहरूका लागि छुट्टै निर्वाचन खाता खोल्ने अनिवार्य प्रावधान गरेको समेत जानकारी गराए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर