ट्रम्पको फ्लोरिडास्थित निवासमा गोली चल्दा एकजना मारिए

काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निवास नजिक सुरक्षा घेराभित्र प्रवेश गर्न खोजेका एक व्यक्ति सुरक्षा कारबाहीमा मारिएका छन्। घटना हुँदा ट्रम्प भने वाशिंगटन डीसीमा रहेका थिए।

सुरक्षा निकायका अनुसार ती व्यक्ति प्रतिबन्धित क्षेत्रमा प्रवेश गर्न खोजेपछि एजेन्ट र पाम बीच काउन्टी शेरिफ कार्यालयका अधिकारीले उनलाई रोकेका थिए। जाँचका क्रममा उनीसँग पेट्रोलको क्यान र बन्दुक भेटिएको बताइएको छ। सुरक्षा अधिकारीहरूले सुरुमा उनलाई हतियार छोड्न चेतावनी दिएका थिए। उनले पेट्रोलको क्यान तल राखे पनि बन्दुक उठाएर फायरिङ गर्ने अवस्थातर्फ लगेपछि एजेन्टहरूले गोली चलाएको जनाइएको छ।

घटनापछि राष्ट्रपतिको निवास वरिपरिको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। सन् २०२४ मा पेन्सिलभेनियामा भएको हत्या प्रयासपछि ट्रम्पको सुरक्षा पहिलेदेखि नै उच्च सतर्कतामा राखिएको थियो। अधिकारीहरूले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर