वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाको निधन

काठमाडौं ।  वरिष्ठ राजनीतिज्ञ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता विश्वबन्धु थापाको निधन भएको छ । ९८ वर्षीय थापाको उपचारको क्रममा काठमाण्डौको ह्याम्स अस्पतालमा हिजो बेलुका निधन भएको राप्रपाका नेता राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

झन्डै एक महिनाअघि उहाँलाई स्ट्रोक भएको थियो । २००७ सालदेखि नेपाली राजनीतिमा सक्रिय थापा पञ्चायतकालका प्रभावशाली नेतामध्येका एक हुनुहुन्थ्यो । तत्कालीन राजा महेन्द्रबाट २०१७ सालमा चालिएको कदमपछि पञ्चायतलाई वैचारिक र साङ्गठनिक रूपमा नेतृत्व दिनुभएका थापा राष्ट्रिय पञ्चायतका अध्यक्षसमेत हुनुभएको थियो ।

उहाँ नेपाली कांग्रेसको महामन्त्री, तत्कालीन मन्त्रिपरिषद्को उपाध्यक्षसमेत हुनुभएको थियो । थापाको अन्त्येष्टि अघि पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि ११ बजेसम्म निजी निवास गैह्रीधारामा श्रद्धाञ्जलीका लागि राखिनेछ । त्यसपछि उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेता बर्तौलाले जानकारी दिनुभयो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर