काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ।
उद्धार कार्य जारी रहेकोले मृतकको संख्या एकिन गर्न नसकिएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । घटनामा नौ जनाको मृत्यु भएको र उद्धार गरिएका मध्ये ८ जना घाइतेको मन्थली र खुर्कोटका अस्पतालमा उपचार भइरहेको पनि रामेछाप संवाददाता हिमाल ढुंगेल जानकारी दिए ।
रामेछापको मचानेटार भन्ने ठाउँबाट तामाकोशीमा यात्रुबाहक बस खसेको हो । उद्धारको काम जारी रहेकाले क्षतिको विवरण अझै यकिन हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए । बसमा कति जना सवार थिए भन्ने अझै एकिन हुन सकेको छैन ।
