उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्नेछ

काठमाडौं  ।  हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल तराई भू-भाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानहरूमा मध्याह्नसम्म हुस्सु तथा कुहिरो रहनेछ। देशका उच्च पहाडी र हिमाली भू-भागमा  साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति तराई भू-भागका केही स्थानमा तुँवालो रहने छ। देशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागको मौसम सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर