बालेनलाई काठमाडौंले पत्याएनन्, त्यसैले झापा आए : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको जनताले नपत्याउने अवस्था भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) झापातिर आएको टिप्पणी गरेका छन् ।

झापामा सोमबार आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले आफ्नै जिल्लाका कसैले पत्याउने अवस्था नभएको कारण काठमाडौंमा जिति सकेको मान्छेले, त्यहाँबाट फेरि उठ्ने आँट नगरेको ीटपपणी गरेका हुन् ।

उनले भने, ‘हामीले थाहा पाउनुपर्छ, आफ्नै जिल्लाबाट कोही मान्छे किन चुनाव लड्दैन । आफ्नै जिल्लाका कसैले पत्याउने अवस्था छैन । त्यहाँ ढाँट्न सकिँदैन । काठमाडौंमा जितिसकेको मान्छेले, त्यहाँबाट किन आँट गर्दैन् फेरि लड्नको लागि । किन यहाँ आउनुपर्‍यो । यो कुरा साथीहरुले बुझ्नु भएको छ ।’

उनले भने, ‘अर्को कुरा मैले कता कता मधेशी–पहाडी भन्ने सुनिरहेको छु । त्यस्तो कुरा गर्नु हुँदैन । सामाजिक न्याय र समानताको कुरा गर्नुपर्छ । त्यसको आधारमा सामाजिक सद्भावको कुरा गर्नुपर्छ, सामाजिक सद्भावको आधारमा राष्ट्रिय एकताको कुरा गर्नुपर्छ । हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाँउ, गाँउ, जिल्ला बनाउने हो ।’

उनले भने, ‘कुन जातको उम्मेदवार छ भनेर देश बन्दैँन् । देश बनाउन जातले होइन्, विचारले, दृष्टिकोणले, नीति, योजना, संकल्पले र प्रयासले बन्छ । त्यसकारण जातका कुरा गरेर हिँड्नु हुँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर