बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु
काठमाडौं । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । हिजो बिहीबार बेलुकी बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडीको बडगाउँ मोडमा पल्टिएको हो ।
दुर्घटनामा केशवराज जोशी, अशोकराज जोशी, वसन्त जोशी, विष्णुदत्त जोशी, नरेशराज जोशी, मोहनदेव भट्ट, वसन्तराज रतला, पुष्पा अवस्थी, विसनदत्त जोशी, दिपकराज जोशी, किसनदत्त जोशी, केशवराज भट्ट र सुशिल जोशीको ज्यान गएको बैतडी प्रहरीले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पताल, जिल्ला अस्पताल र डडेलधुरामा उपचार भइरहेको छ । उकालो सडकमा अत्यधिक भारका कारण बस दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रतिक्रिया
