झापास्थित बालेनको सम्पर्क कार्यालय तोडफोड
काठमाडौं । झापाको कमल गाउँपालिका–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झापाको कमल गाउँपालिका–२ स्थित सम्पर्क कार्यालय रहेको घरमा तोडफोड भएको छ । बुधबार राति अज्ञात समूहले स्थानीय जयराम अधिकारीको घरमा तोडफोड गरेको हो ।
झापाका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार उक्त घरको माथिल्लो तलामा रास्वपाले एउटा कोठा भाडामा लिएर सम्पर्क कार्यालय सञ्चालन गर्दै आएको थियो । घरका अन्य कोठामा भने घरबेटी अधिकारीको परिवार बस्ने गर्दथे ।
प्रहरीका अनुसार तोडफोडबाट घरबेटी बस्नेतर्फको कोठाको झ्यालका सिसा फुटेका छन् । यो स्थान झापा क्षेत्र नम्बर ५ मा पर्दछ । यो क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन शाह उम्मेदवार छन् । उनकै भेघाटका लागि यहाँ कार्यालय खोलिएको थियो । सम्पर्क कार्यालयमा तोडफोड कसले र किन गर्यो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
