मौसम : मुख्यतया सफा रहने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहीबार दिउँसो तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहने छ। देशको पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

यस्तै, आज राती तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर