इरानमा यात्रा नगर्न र तत्काल देश छोड्न सरकारको आग्रह

काठमाडौं  । सरकारले इरानमा यात्रा नगर्न आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले आइतबार एड्भाइजरी जारी गर्दै इरानमा यात्रा नगर्न आग्रह गरेको हो। त्यस्तै इरानमा रहेका नेपालीहरूलाई तत्काल देश छोड्न आग्रह गरिएको छ।

इरानमा विकसित हुँदै गएको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सरकारले उक्त आग्रह गरेको हो। अवस्था सामान्य नहुँदासम्म इरान जाने सबै योजना स्थगित गर्नसमेत अनुरोध गरिएको एड्भाइजरीमा उल्लेख छ।

त्यस्तै हाल इरानमा बसोबास गरिरहेका वा रोजगारीमा रहेका नेपाली नागरिकलाई उपलब्ध सबै माध्यम प्रयोग गरी सकेसम्म चाँडो सुरक्षित रूपमा देश छोड्न सरकारले आग्रह गरेको छ। त्यहाँ रहेका नेपाली नागरिकलाई आपतकालीन अवस्थामा सहज रूपमा बाहिरिनका लागि राहदानी, परिचयपत्रलगायत आवश्यक यात्रा कागजात तयारी अवस्थामा राख्न समेत अनुरोध गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर