पश्चिम नेपालमा पानी पार्ने प्रणाली सक्रिय हुँदै

काठमाडौं । पश्चिम नेपालमा वर्षा र हिमपात गराउने प्रणाली सक्रिय हुन थालेको छ । यो प्रणालीले आज रातिदेखि पश्चिम नेपालको हिमाली क्षेत्रमा हिमपात र तलो क्षेत्रमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिए । उनका अनुसार वर्षा र हिमपात गराउने प्रणाली पूर्वतर्फ सर्दै आज राति गण्डकी क्षेत्रसम्म आइपुग्नेछ । यस्तै भोलि बिहान काठमाडौं उपत्यका र पूर्वी भागमा समेत बदली र वर्षा हुनेको सम्भावना छ ।

गण्डकीभन्दा पूर्वतर्फ भने सबै ठाउँमा वर्षा तथा हिमपातको सम्भावना कम रहेको मौसमविद् पोखरेलले बताए । उनलेका भोलि दिउँसोपछि मौसम खुल्न थाल्नेछ भने पर्सि बिहीबारदेखि घाम लाग्नेछ । यसैबीच त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवम् मौसमविद् विनोद पोखरेलका अनुसार पश्चिमी वायुले अरब सागरबाट बाफसमेत लिएर आएका कारण यस पटक माथिल्लो क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा वर्षा हुनेको सम्भावना धेरै रहेको छ । काठमाडौं उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको उनले औंल्याएता पनि वर्षा भने प्रभाव कमजोर रहने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर