निर्वाचन बैंक खाताको व्यवस्था गर्न पत्राचार
काठमाडौं । निर्वाचन आयोगले आमनिर्वाचनका लागि छुट्टै बैंक खाताको व्यवस्था गरिदिन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ। शुक्रबार आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सम्पन्न नहुँदासम्मका लागि सञ्चालन हुने गरी गरी खाताको व्यवस्था गरिदिन अनुरोध गर्दै पत्राचार गरेको हो।
प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा निर्वाचन अभियानसँग सम्बन्धित आम्दानी खर्चका लागि प्रत्येक राजनीतिक दलका लागि अलग्गै एउटा र हरेक उम्मेदवारलाई एउटा एउटा बैंक खाता खोलेर सञ्चालन गर्ने व्यवस्था मिलाई दिन राष्ट्र बैंकलाई पत्राचार गरेको हो।
प्रतिक्रिया
