गगन थापाले कांग्रेस पार्टी हाँकिसकेपछि अब देश हाँक्ने जिम्मा

काठमाडौं । नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी मुख्यालय सानेपामा आज शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

देशको प्रधानमन्त्री कांग्रेसले कसलाई बनाउँछ भन्ने विषयमा मतदातालाई सजिलो होस् भनेर थापालार्इ कांग्रेसको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरिएको उपसभापति विश्वप्रकाश शर्माले बताए ।

थापालाई ५ वटा मापदण्डको आधारमा भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेको उपसभापति शर्माले जानकारी दिए । व्यक्तिको पृष्ठभूमि, संस्कार, योगदान, योग्यता र भिजनका आधारमा थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएको उपसभापति शर्माको भनाइ छ । शर्माले नै बैठकमा सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव पेस गरेका थिए । यस्तै एमालेबाट भावी प्रधानमन्त्रीको रूपमा अध्यक्ष केपी ओली, रास्वपाबाट वरिष्ठ नेता बालेन साहलाई अघि सारिसकेको छ ।

सैबीच सभापति थापाले आफूहरुले कांग्रेस बदलेको र अब देश बदल्ने बताए । पार्टी कार्यालय सानेपामा शुक्रबार सभापति पदको कार्यभार सम्हाले लगत्तै उनले यस्तो बताएको हो । ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ उनले भने, ‘यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौँ हामी । हाम्रो केवल एक ध्येय छ–देशको सम्मुन्नति ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर