उम्मेदवारहरुमाथि परेका उजुरीमाथि छानविन सुरु

काठमाडौं ।  निर्वाचन आयोगले उम्मेदवारहरुमाथि परेका उजुरीमाथि छानविन सुरु गरेको छ । विभिन्न जिल्लाका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारविरुद्धको उजुरीमाथि छानविन भइरहेको आयोगले जनाकारी दिएको हो । माधव कुमार नेपाल रेशम चौधरी लगायतका ५ जना उम्मेदवारीलाई लिए उजुरी परेको बताइएको छ।

उजुरी छानविनपछि  मनोनयनपत्र पेस गरेका उम्मेदवारहरूको नामावली आज प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । मनोनयन दर्तापछि हिजो उजुरीको समय थियो । दर्ता भएका उजुरीबारे जाँचबुझ गर्ने काम भइसकेकोले आयोगको कार्यतालिका अनुसार आज साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

भोलि माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ । भोलि १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । भोलि नै दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी तीन हजार ४८७ को उम्मेदवारी दर्ता भएको छ । जेनजी आन्दोलनका कारण संसद विघटन गरेर कार्यकाल पूरा नहुँदै प्रतिनिधि सभाको निर्वाचन हुन लागेको हो । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति तोकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर