मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं । खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । मन्त्री गुप्ताले आइतबार राति प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आफूले राजीनामा दिनेबारे जानकारी गराएको बताएका छन् । आज सार्वजनिक बिदा परेकाले औपचारिक राजीनामा पत्र भने भोलिमात्रै दर्ता हुने उनले जानकारी दिए ।

‘हिजो राति प्रधानमन्त्रीज्यूलाई भेटेर राजीनामाबारे जानकारी गराएँ । आज बिदा भएकाले राजीनामा पत्र भोलिमात्रै दर्ता हुनेछ,’ मन्त्री गुप्ताले भने । मन्त्री गुप्ता सिराहा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारीमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर