देउवा कांग्रेस आज सर्वोच्च अदालत जाने

 काठमाडौं ।  नेपाली कांग्रेस शेरबहादुर देउवा समूह कांग्रेसको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । पार्टीको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको नेतृत्वालाई निर्वाचन आयोगले कांग्रेसको मान्यता दिएपछि देउवा समूह यसको विरुद्धमा छ ।

शनिबार कांग्रेस पार्टी कार्यालयमै बसेको देउवा समूहको बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध कानूनी लडाइँ लड्ने निर्णय गरेको हो । निर्वाचन आयोगबाट निरुपण भइसकेकाले अब सर्वोच्च जाने तयारी छ । बैठकले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई यसको जिम्मेवारी तोकेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर