काठमाडौं । नेपाली कांग्रेसका नवनियुक्त सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई पार्टीको अभिभावक र संरक्षक बनिदिन आग्रह गर्नु भएको छ । केन्द्रीय समितिको बैठकअघि शनिवार पत्रकारहरूसँग कुरा गर्दै थापाले सबैलाई जोड्न आफूले प्रयास गरिरहेको भन्दै कांग्रेसलाई एकताबद्ध गर्न आफूले निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाको सहयोगको अपेक्षा राखेको बताउनु भयो ।
‘निवर्तमान सभापतिबाट अभिभावकको, संरक्षकको भूमिकाको अपेक्षा गरेको छु । अब उहाँले आह्वान गरेर भनिदिनुपर्छ–अब सकियो एक ठाउँमा आउनु भनेर, सभापति थापाको भनाइ थियो । निर्वाचन आयोगले गरेको निर्णय सबैले स्वीकार गरेर एकै ठाउँमा बसेर निर्णय गर्न अप्ठेरो मान्न नुहुँने सभापति थापाले जोड दिनु भयो ।केही दिनपछि चुनावको मनोनयन छ, यो बीचमा हामी सबै मिलाउँछौं,’ थापाले भने । निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि कांग्रेस केन्द्रीय समितिको बैठक बसेको छ ।
देउवा नेतृत्व कांग्रेसले निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने

पाली कांग्रेसको नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाईं दिंदै परिवर्तनलाई स्वीकार्न नेताकार्यकर्तालाई अग्रह गरेकी छन्। सामाजिक संजाल फेसबुकमार्फत आफ्नो भिडियो सन्देश मार्फत उनले परिवर्तनका पक्षमा उभिन सबैमा आग्रह गरेकी हुन्। 
अहिले युवाले, नेपाली समाजले, नेपाली जनताले परिवर्तन चाहेको छ, परिवर्तनलाई हासेर खुसी भएर अंगालो मार्नु पर्दछ, नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन, नयाँ सभापति आउनु भएको छ, म बधाई दिन चाहन्छु।´ उनले भनेकी छन्। नेतृ कोइरालाले परिवर्तनलाई खुसी भएर स्वीकार्न र कानुनको ब्यख्या धेरै नगर्न पनि नेताहरूलाई आग्रह गरेकी छ
न्।
