अचानक यात्रीले जहाजको आपतकालीन ढोका खोलिदिँदा खैलाबैला
काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एअरको आजकोउडान नं ८५२ (जहाज ९ एन–एएमडी) एक जना गात्रीले ढोका खोलिदिनाले खैलाबैला मच्चिएको छ । बुद्ध एअरका अनुसार यात्रु सुमन गौतमले अचानक जहाजको आपतकालीन ढोका खोलेका कारण खैलाबैला मच्चिएको हो ।
घटनापश्चात् ढोका खोल्ने यात्रीलाई तत्काल विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ। जहाजको सुरक्षा र प्राविधिक परीक्षण सुनिश्चित गर्न काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको छ भने परीक्षण पूरा भएपछि मात्र जहाजले उडान भर्ने बुद्ध एअरले जनाएको छ । (तस्बिरः प्रतीकात्मक)
प्रतिक्रिया
