आज पुस २९ गते मंगलबारको राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक लेनदेनमा सतर्कता अपनाउनुहोस्। दाम्पत्य जीवन सुमधुर रहनेछ। स्वास्थ्य सबल रहनेछ। यात्रा सुखद रहनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक २ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दिन संघर्षशील रहनेछ साथै उत्साहमा कमी आउनेछ। नोकरी वा पेशामा प्रतिस्पर्धात्मक चलखेल बढ्नेछ। सवारी साधन चलाउँदा नियम पालना गर्न नभुल्नुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रचनात्मक कार्यहरूमा मन लाग्नेछ। विद्यार्थीहरूको पठनपाठन भन्दा खेलकुदमा अधिक समय बित्नेछ। विशेष कार्यको सम्पादनले मन ढुक्क रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक कारणले मन चिन्तित र असन्तोष जनक रहनेछ। अरुको झै झगडामा आफू अग्रसर नहुनुहोला। राजनीतिक क्षेत्रमा जनता जनार्दनको साथ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कामको चापबाट फुर्सद पाइनेछ। प्रेम वा मित्रताको बन्धन कसिनेछ। रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। अतिथिको रूपमा सम्मान प्राप्त हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बोलिको माध्यमले तारिफ योग्य कार्य सम्पादन गर्न सकिनेछ। मन मिल्दो साथीसँग भेटघाटले मन प्रफुल्लित रहनेछ। साहित्य वा लेखन कलामा निखार आउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मेहनतीहरूको लागि समय निकै उत्साहजनक रहनेछ। चलचित्र वा सामाजिक सञ्जालको क्षेत्रबाट विशेष उपलब्धि हात पार्न सकिनेछ। स्वास्थ्य सबल रहनेछ साथै शत्रुहरु परास्त हुनेछन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पराक्रमद्वारा अधिकारी स्थापित गर्न सकिनेछ। महत्वकांक्षी योजनाहरूमा सन्तोषजनक परिणाम हाथ नलाग्ला। समयमा कार्य नगर्ने बानीले समस्या निम्त्याउनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परिस्थितिसँग सम्झौता गरेपनि गरेको कामले आशा जगाउनेछ। माननीय व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। समयको माँग अनुसार चल्ने प्रयास गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अवसर आए पनि नयाँ काममा हात हाल्नुभन्दा अघि राम्ररी विचार पुर्याउनुहोला। नोकरी वा पेशामा प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आँटेको कार्यसम्पादन गर्न सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) समय अनुसार योजना बनाएर कार्य गर्नुभयो भने सफलता हात लाग्नेछ। रोकिएको काम बन्ने वा सेवामूलक कार्यबाट प्रतिष्ठा पाइनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यर्थमा अरुको फाइदाको लागि उपयोगी भइनेछ सावधान रहनुहोस्। स्थायी सम्पत्तिमा देखिएको विवादहरू सुल्झिन सक्छ। अनावश्यक साइनो गास्नेहरूबाट सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर