विशेष महाधिवेशनको बन्द सत्र भोलि बिहान ८ बजे

काठमाडौं ।  नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको भृकुटीमण्डपमा सोमबार बिहान ८ बजेबाट बन्द सत्र सुरु हुनेछ । उद्घाटन सत्रकै क्रममा जानकारीअनुसार महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहान सवा ८ बजेबाट हुनेछ ।

अहिलेसम्म ४९.३४ प्रतिशत प्रतिनिधिले नाम दर्ता गराइसकेको आयोजकले जानकारी दिएका छन्। देशभरबाट कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेकामा २ हजार ३ सय ४० जनाले दर्ता गराइसकेका छन्। सातवटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर भृकुटीमण्डप मूलगेट नजिकका स्टलहरूबाट दर्ता प्रक्रिया सञ्चालन भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर