देउवालाई बन्द सत्रमा उपस्थित हुन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको भोलि हुने बन्द सत्रमा उपस्थित भई सम्बोधन गरी पार्टीलाई एकताबद्ध तुल्याउन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । भृकुटीमण्डपमा आयोजित पार्टीको विशेष महाधिवेशनमा फन्सुरले उक्त कुरा बताएका हुन् । यस्तै, नेता सुरेन्द्र चौधरीले विशेष महाधिवेशनले पार्टीमा देखिएका सबैखाले समस्या समाधान हुने विश्वास गरे ।

पार्टीका केन्द्रीय सदस्य महेश आचार्यले विशेष महाधिवेशनले पार्टी विधानसम्मत ढङ्गले चल्नुपर्छ भन्ने स्पष्ट सन्देश दिएको बताए । यस अधिवेशनले पार्टीभित्र अरूको कुरा सुन्न नचाहने प्रवृत्तिलाई परास्त गरेको उनको धारणा थियो ।

नेता डा चन्द्र भण्डारीले पार्टीका नेताहरुले देश र जनताको सम्मान गर्दै युवा पुस्ताले उठाएको माग र मुद्दालाई सम्बोधन गर्नेतर्फ हाम्रा पाइला उन्मुख हुनुपर्ने बताए । अर्का नेता विनोद चौधरीले नेपाली जनता राजनीतिक स्थिरतासँगै आर्थिक क्रान्ति पर्खेर बसेकाले उनीहरुको मागलाई कांग्रेसले ध्यानपूर्वक सुनेर सम्बोधन गर्न आवश्यक रहेको बताए । नेता देवराज चालिसले पार्टीको विशेष अधिवेशन पार्टीको आन्तरिक जीवनसँग मात्र जोडिएको नभई जेनजी आन्दोलन र समग्र मुलुकको रूपान्तरणसँग सरोकार रहेको बताए ।

नेता केदार कार्कीले लोकतन्त्रको फाइदा नेतृत्व वर्गले मात्रै पाएँ जनताको आवाज सुनेनन् भनेर जेनजी पुस्ताले गरेको विद्रोहको भावनालाई लोकतान्त्रिक पार्टी र अनुभवी नेताले सम्बोधन गर्न सक्नुपर्छ भन्नुभयो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर