कांग्रेसमा कारोबारी राजनीतिको अन्त्य गर्न जरुरी : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति बन्नका लागि आफूहरूले विशेष महाधिवेशनको माग नगरेको स्पष्ट पारेका छन् । रजधानीमा बुधबार आयोजित बुद्धिजीवीहरुसँगको छलफलका क्रममा महामन्त्री थापा भने, “केही नेताहरूले म सभापति बन्नका लागि पार्टीमा विरोध गरिरहेको छ भन्ने आरोप लगाएका छन् । मलाई सभापति बन्ने चाहना छैन । सभापति बन्ने चाहना राख्ने डा. शेखर कोइराला वा अन्य कोही पनि नेताहरू सभापति बन्न सक्नेछन् ।”

महामन्त्री थापाले भने,  ‘२३ र २४ गतेपछि नेपालका मुख्य मुख्य पार्टीहरूमा दुई खालका कुरा आए । एउटा हामी नै ठीक थियौँ र छौँ भन्ने कुरा आयो । बाँकी सबै गलत हुन् भन्नेकुरा आयो । एउटा विचार यो भयो । २३ र २४ गतेअघि हामी ठीक थिएनौँ भन्नेकुरा हामीले राख्यौँ । हामी उभिएको ठाउँ ठीक थिएन, गतिमति ठीकथिएन । नागरिकको रिस थियो । रिसको कारण छन्, त्यो बुझ्नुपर्छ र त्यसका आधारमा हामीले पार्टीका कार्यक्रम अघि बढाउनुपर्छ । हामीले खास गरेर कारोबारी राजनीतिलाई अन्त्य गरिदिएको छ । प्रिन्सिपल, पर्पसको कुरामा फर्किनुपर्छ । सच्याउनुपर्छ । हतार-हतार अरूलाई हटाएर सभापति बन्न खोज्यो भन्ने आरोप आयो । हामीलाई सभापति बन्नुछैन बाबा । को बन्नेछ बन्नुस् । तपाईंहरुमध्ये कुन नेतालाई बन्नेछ बन्नुस् । डा= शेखर कोइरालालाई बन्नेछ बन्नुस् । अर्को नेता बन्नेछ बन्नुस् । तर पार्टीलाई ठीक ठाउँमा उभ्याउनुपर्छ ।’

उनले कारोबारी राजनीतिलाई अन्त्य गर्न जरुरी रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर