ओलीसँगको भेटपछि प्रचण्ड दिल्ली प्रस्थान

काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भारत भ्रमणबाट फिर्ता भएको दुई साता नबित्दै नेकपा संयोजक दाहाल दिल्ली  गएको हो ।

नेकपानिकट नेपाली समाज भारतको आयोजनामा हुने ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’ मा सहभागी हुन दिल्ली प्रस्थान गरेको दाहालको सचिवालयले जनाए पनि दाहालको दिल्ली भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

दिल्ली प्रस्थान गर्नुअघि आजै दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओली बीचे भेटवार्ता भएको थियो । दिल्लीमा रहँदा नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसर, साथै एकता र सहकार्यको महत्त्वबारे सोमबार हुने कार्यक्रममा प्रचण्डले सहभागिता जनाउने सचिवालयले जरी गरेको विज्ञाप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर