गौरी आयोगको पत्रपछि असमञ्जस्यमा ओली, अबको रणनीति के हुन सक्छ ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भदौ २द्ध गते भएको जेनजी आन्दोलनको सिलसिलामा बयानका लागि गौरीबहादुर कार्की जाँचबुझ आयोगले पत्र काटेको छ । आयोगका एक पदाधिकारीले दिएको जानकारीअनुसार ओलीलाई आयोगमा बयानका लागि कार्यालयमा उपस्थित हुन आज आइतबार पत्र काटिएको हो ।
आयोगका एक पदाधिकारीले भने, “हामीले ओलीलाई काटेको पत्र पनि पठाइसकेका छौँ ।” ओलीले यसअघि नै आयोगमा बयान नजाने बयानबाजी जारी गर्दै आएका छन् । अब ओलीले पत्र बुझेपछि के रणनीति अपनाउने हो प्रतीक्षाको विषय भएको छ ।
प्रतिक्रिया
