लोकन्थलीमा भएको दुर्घटनामा एकजनाको मृत्यु

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली चोकस्थित सडकमा ट्यांकर र मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

ना ७ ख ९२६६ नम्बरको ट्याङकरसँग बा २३ प ९२३४ नम्बरको मोटरसाइकल ठोकिएर मंगलबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार काठमाडौं कीर्तिपुर बस्ने दार्चुला नौगाड गाउँपालिका–१ घर भएकी ३२ वर्षीया स्वस्तीका ऐर बडालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले ट्याङकर चालकलाई नियन्त्रणमा लिएको छ ।

यसैगरी बूढानीलकण्ठ नगरपालिका–७ गल्फुटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा मोटरसाइकल चालक रामेछापको खाँडादेवी गाउँपालिका–३ घर भएका अवि श्रेष्ठ छन् । गल्फुटारबाट चक्रपथतर्फ आउँदै गरेको श्रेष्ठले चलाएको बा. प्र. ०२–०५२ प ५४०२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ । गम्भीर घाइते उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी काठमाडौं महानगरपालिका–१२ टेकुस्थित सडकमा ईभी गाडी र मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको छ । बाग्मती प्रदेश ०१–००१ य १७४३ नम्बरको ईभी गाडी र बा.९१ प ७५६४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर मंगलबार बिहान दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक काभ्रे बेथानचोक गाउँपालिका–२ घर भएका ३० वर्षीय दिपक बजगाईंको मृत्यु भएको प्रहरीले बताएको छ । गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ईभी चालकलाई नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर