यस्तो छ, युवाबारे कुलमानले देखेको सपना

काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सानो घर, एउटा सवारीसाधन र शिक्षा, स्वास्थ्यको सहज पहुँच दिन सके युवाहरुलाई स्वदेशमै राख्न सकिने बताएका छन् ।

राजधानीमा शनिबार राष्ट्रिय घर निर्माण महोत्सवको उद्घाटन गर्दै उनले भने, “त्यसका लागि केही ऋण दिने व्यवस्था सरकारले गर्न जरुरी रहेको र नेपालमा बस्नु भन्ने तर बस्न सक्ने वातावरण बनाउन नसक्ने कुराले युवाहरु स्वदेशमा रहन नसक्ने तथा  यो नै नेपालको सुरुवाती इकोनोमी ट्रान्सफर्मेसनको प्रस्थानबिन्दु बन्नुपर्छ ।”

उनले थप भने, ‘नेपालमा बस भन्ने तर यहाँको कुनैपनि जब क्रिएशन नहुने, त्यो अवसर, त्यो आशालाई पूरा गर्न नसक्ने अवस्थामा हामीले जतिसुकै भनेपनि सम्भावना रहँदैन । त्यसको लागि सरकारले आगामी दिनमा युवाहरुको सपना भनेको नेपालमा रहनको लागि एउटा घर हुनुपर्छ । एउटा साधारण भेइकल हुनुपर्छ । शिक्षा, स्वास्थ्य सहज रुपमा पाउने वातावरण हुनुपर्छ । र मात्रै युवाहरु नेपालमै बस्नेछन् । त्यो अहिलेको शुरुवाती नेपालको इकोनोमी ट्रान्सफर्मेसनको प्रस्थानबिन्दु हुनेछ । त्यसतर्फ आगामी सरकारले काम गर्नुपर्नेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर