बङ्गलादेशमा हिन्दु समुदायमाथि भएको घटनाको विरोधमा प्रदर्शन

काठमाडौं । बङ्गलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरेको घटनाको विरोधमा सुनसरीको इनरुवामा प्रदर्शन भएको छ। बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसाको विरोधस्वरूप सुनसरीका हिन्दु धर्मावलम्बीको क्षेत्रमा काम गर्ने संस्थाहरू सडकमा उत्रिएर विरोध प्रदर्शन गरेको हो ।

सुनसरीको इनरुवामामा पूर्व–पश्चिम राजमार्गअन्तर्गत इनरुवा बसचाेक अगाडि प्रदर्शनकारीहरूले टायर बालेर प्रदर्शन गरेको स्थानीय मुन्ना साहले जानकारी दिए । केही बेर प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको थियो । प्रदर्शनकारीहरूले बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसाप्रति गम्भीर ध्यानाकर्षण गराउन तथा दोषीमाथि कडा कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

प्रदर्शनस्थलमा सुरक्षाकर्मी परिचालन गरिएको थियो केहीबेरमा जिल्ला प्रहरी कार्यालय सुनसरीले समन्वय गरी अवस्था सामान्य बनेको छ । सयौंको सङ्ख्यामा मानिसहरू विरोधमा उत्रेको र राजमार्ग अवरुद्ध सहित केही बेर नगरपालिकाका परिक्रमा गर्दै गोल चौकमा मैनबत्ती बालेर मृतकको आत्माको चिरशान्तिको कामना गरेको आन्दोलनकारी तथा बजरङ्ग दलका अभियन्ता शिव यादवले जानकारी दिए ।

जनकपुरधाममा भोलि विरोध र्‍याली

बंगलादेशमा केही दिन पहिला भएको हिन्दू युवा दिपु चन्द्र दासको निर्मम हत्याको विरोधमा भोलि जनकपुरधाममा भव्य विरोध र्‍याली निकालिने भएको छ।

जनकपुरधाममा बुधबार (आज) साधु सन्तहरुको संस्था वैषणव समाजले पत्रकार सम्मेलन गर्दै भोलि विरोध र्‍याली निकाल्ने जानकारी दिएको हाे । समाजका अध्यक्ष एवम जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले भोली ३ बजे जनकपुरधामसहित सम्पूर्ण राष्ट्रभरका हिन्दूहरुलाई जानकी मन्दिरमा एकत्रित हुन आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर