निर्वाचन आयोगले आज प्रधानमन्त्रीसहित दलहरूसँग छलफल गर्दै

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनलाई लिएर निर्वाचन आयोगले प्रधानमन्त्री र प्रमुख राजनीतिक दलका प्रतिनिधिसँग सिंहदरबारमा छलफल गर्ने कार्यक्रम तय गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार छलफल मुख्यतः आगामी चुनावको तयारी, मतदाता व्यवस्थापन, संवेदनशील क्षेत्रको सुरक्षा र निर्वाचनको दिन अपनाइने रणनीतिमा केन्द्रित हुनेछ। यस क्रममा आयोगले राजनीतिक दललाई हालसम्मको चुनाव तयारीबारे जानकारी दिने र दलका सुझाव, धारणा र चासो संकलन गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर