जेनजीका ढुंगानाले कार्की सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा
काठमाडौं । आफूलाई जेनजी आन्दोलनका अगुवा भनी दावी गर्ने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ । काठमाडौंमा आइतबार आज आयोजित पत्रकार सम्मेलनमा ढुंगानाले वर्तमान सरकारले जेनजी आन्दोलनप्रति धोका दिएको भन्दै सर्वपक्षीय सरकार गठनको मागसहित विरोधको कार्यक्रम घोषणा गरेको हो ।
ढुंगानाले भने, ‘भदौमा भएको जेनजी आन्दोलन कुनै व्यक्तिको ब्रान्ड र नेताको सिँढी होइन । आन्दोलनमाथि टेकेर कोही अग्लो हुने प्रयास नहोस् । सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आन्दोलनको मर्म बोक्दैन, हाम्रो नेतृत्व गर्दैन,’ उनले भने, ‘त्यसैले अब सर्वपक्षीय सरकार गठन होस् ।आजको आवश्यकता त्यस्तो राजनीतिक नेतृत्व हो, जसले सबै पक्षलाई विश्वासमा लिन सक्छ र देशलाई निकास दिन सक्छ । सर्वपक्षीय सरकार आजको आवश्यकता हो ।’
ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारको १०० दिनको काम हेर्दा असफल भइसकेको दावी पनि गरे ।
