एमालेमा मतदानको समय ३ घन्टा थपियो

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत जारी नेतृत्व चयनका लागि मतदानको समय तीन घण्टा थपिएको छ । महासचिवका प्रत्याशी शंकर पोखरेलका अनुसार बुधवार साँझ ५ बजेसम्म मतदानस्थलभित्र प्रवेश गर्ने मतदाताले मतदान गर्न पाउने व्यवस्था गरिएकोमा अब तीन घण्टा थप गरी ८ बजेसम्म भित्र प्रवेश गर्नेले मतदान गर्न पाउने भएका छन् ।

मतदान सुस्त गतिमा भइरहेको छ । लामो मतपत्र र प्यानल सूचीका कारण मतदाताहरू लामो समय अल्मलिनु परेको छ । आज ५ बजेसम्म करिब ८ सय मतदाताले मतदान गरिसकेका छन् भने दिउँसो ३ बजेसम्म ६ सय ५० मत खसिसकेको थियो । मतदानका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर