अशोक शेरचनसहित तीन जना थप पाँच दिन थुनामा रहने

काठमाडौं । प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनामाथि थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।

उच्च अदालत पाटनले सीईओ शेरचन, डेपुटी सीईओ मणिराज पोखरेल, प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठमाथि थप ५ दिन अनुसन्धान गर्न म्याद थपेको हो । शेरचन मंसिर १४ गते आइतबार पक्राउ परेका थिए । बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि सीआईबीले कर्जा अपचलन सम्बन्धी मुद्दामा अनुन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर