समानुपातिक निर्वाचनका लागि ३३ दल आयोगमा
काठमाडौं । प्रतिनिधिसभाको आगामी फागुनमा हुने निर्वाचनका लागि ३३ दल निर्वाचन आयोगमा दर्ता भएका छन् । समानुपातिकतर्फको निर्वाचनका लागि आइतबारसम्म ३३ दल आयोगमा दर्ता भएका निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्ष निर्वाचनका १२० दल दर्ता भएका थिए ।
दर्ताको पहिलो नम्बरमा देश विकास पार्टी, दोस्रोमा देशभक्त पार्टी र तेस्रोमा राष्ट्रिय कम्युनिस्ट पार्टी रहेका छन् । यसैगरी ३१औं नम्बरमा संयुक्त नागरिक पार्टी, ३२औं नम्बरमा उन्नत लोकतन्त्र पार्टी र ३३औं नम्बरमा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) रहेका आयोगले जनाएको छ ।
प्रतिक्रिया
