जनार्दन शर्माको गृह जिल्लामा विरोध
काठमाडौं । गृह जिल्ला रुकुमपश्चिम आएको बेला प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माविरुद्ध नाराबाजी र कालोझन्डा देखाएर विरोध गरिएको छ । पूर्वमन्त्री एवम् साबिक माओवादी केन्द्रका उपमहासचिव रहेका रहेका नेता शर्मा आइतबार बिहान रुकुमपश्चिम आउँदा विरोध गरिएको हो ।
नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ताले आज बिहान मुसीकोट नगरपालिका १ सल्लेमा कालोझन्डा देखाउँदै शर्माविरुद्ध नाराबाजी गरेका हुन् ।काठमाडौंबाट सल्ले बिमानस्थलमा नेपाल एअरलाइन्सको जहाजमार्फत आएका शर्मालाई एअरपोर्टबाहिर कालो झन्डा देखाएर विरोध गरिएको हो ।
प्रतिक्रिया
