देशका केही स्थानमा आज आंशिक बदली रहने
काठमाडौं । देशका केही स्थानमा आज आंशिक बदली रहे पनि मुख्यतया: मौसम सफा रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर मौसममा आंशिक बदली रहने छ ।
विभागले राति कोशी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने बताएको छ । बाँकी तराई भूभागमा मौसम मुख्यतया: सफा रहनेछ । गण्डकी प्रदेशको हिमाली भू-भागको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया
