प्रधानमन्त्रीले आफूलाई पक्राउ गर्न दवाब दिइरहेको ओलीको दावी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई जसरी पनि पक्राउ गर्न दवाब दिइरहेको दाबी गरेका छन्। पार्टीको नवयुग ई–बुलेटिन शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री आफ्नो जिम्मेवारीभन्दा बाहिर गएको आरोप लगाए।
उनले भने, ‘प्रधानमन्त्री सम्पत्ति शुद्धीकरण निवारणको विभागका प्रमुखलाई बोलाएर मुद्दा चलाउनुस्, प्रमाण जुटाउनुस्, गिरफ्तार गर्नुपर्यो भन्ने माग गर्नुस् भनेर दवाब दिनुभयो। तर उहाँले यस्तो झूटो काम म गर्न सक्दिनँ भनेपछि तिनलाई तुरुन्तै हटाएर अर्कोलाई ल्याइयो।’
उनले सरकारले राजदूत फिर्ता, अध्यादेश जारीलगायतको काम गरेकोप्रति आपत्ति जनाए। उनले सरकारलाई आफूले पाएको जिम्मेवारीमा केन्द्रित हुने आग्रह गरे।
‘चुनाव जहिले होस्, हामी यो बीचमा सरकार बनाउने खेलमा छैनौं। स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण चुनाव पर्खिरहेका छौं,’ ओलीले भने,हामी जहिले चुनाव हुन्छ, त्यैले अबको सरकार भनेको चुनावबाट आउने सरकार एमाले नै हो। अरु आउँछन् कि आउँदैनन् थाहा छैन एमाले चाहीँ आयो आयो । ओलीको भनाइ छ ।
अब फेरि हाहुकै भरमा सरकार नबन्ने ओलीको टिप्पणी थियो । शान्तिपूर्ण निर्वाचनको पर्खाइमा आफ्नो दल रहेको पनि ओलीले बताए । उनले जेनजी सरकारकै प्रधानमन्त्री आफूभन्दा तीन महिनामात्र कान्छो भएको भन्दै कटाक्षसमेत गरे ।
