वाइडबडी मुद्दामा अख्तियार सर्वोच्चमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडीकाे मुद्दा लिएर सर्वाेच्च अदालत पुगेको छ ।  विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै अख्तियार सर्वाेच्चमा पुगेको हो ।

जहाँ तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही सहित ३२ जनालई प्रतिवादी बनाइएको छ । उक्त मुद्दामा १ अर्ब ४७ करोड १० लाख रुपैयाँ बिगो माग गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । वाइडबडी खरिद गर्दा बिक्रेता कम्पनीका पदाधिकारीसँगको मिलेमतोमा मूल्य बढाएर भुक्तानी दिएको अख्तियारको आरोप छ ।

यस्तै, एमटीओडब्लु २४२ टनबाट २३० टनको सर्टिफिकेट लिँदा १२ टनको हुन आउने समानुपातिक मूल्य कम गर्नु पर्नेमा उक्त मूल्य नघटाइ भुक्तानी गरिएको छ । मूल्य बढाएर ७४ करोड ५८ लाख ७७ हजार र १२ टनको मूल्य नघटाई भुक्तानी गर्दा ७२ करोड ५८ लाख ७७ हजार रुपैयाँ गरी कुल १ अर्ब ७४ करोड १० लाख रुपैयाँ बढी भुक्तानी गरि गैरकानुनी हानी नोक्सानी पुर्याएको अख्तियारको ठहर छ ।

उक्त दाबी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले केही प्रतिवादलाई सफाइ दिई केहीलाई आंशिक दोषी रहेको फैसला सुनाएको थियो । उक्त फैसला चित्त नबुझेपछि अख्तियारले सर्वाेच्च अदालतमा पुनरावेदन गरेको जनाएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर