एमालेको ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा हुने

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुने भएको छ ।

मंसिर २७ गते निर्धारित महाधिवेशनको उद्घाटन स्थल परिवर्तन गरी भक्तपुर लैजाने निर्णय भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । उनका अनुसार काठमाडौँको भृकुटीमण्डपमा स्थान अभाव हुने निष्कर्ष आएपछि उद्घाटन सत्र भक्तपुरमा सारिएको हो । महाधिवेशनको बन्द सत्र भने भृकुटीमण्डपमै सञ्चालन हुनेछ ।

महासचिव शंकर पोखरेल संयोजक रहेको महाधिवेशन सचिवालय समितिको बुधबार बसेको बैठकले उद्घाटन सत्र सल्लाघारीमा आयोजना गर्ने निर्णय गरेको हो । यस्तै बैठकले महाधिवेशनको मुख्य नारा पनि सार्वजनिक गरेको छ । प्रचार विभाग प्रमुख गौतमका अनुसार नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प ः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ तय गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर