आजको मौसम : मुख्यतया सफा रहने

काठमाडौं ।  हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। मौसम पूर्वानुमान महाशाखाका आनुसार आज मंसिर ८ गते सोमबार दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

यस्तै,  आज राती कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर