महेश बस्नेतमाथि आक्रमणको प्रयास, नेवि संघ सम्बद्ध दुईजना पक्राउ

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतमाथि आज विराटनगरमा आक्राणको प्रयास भएको छ । आज बिहान प्रहरी भ्यान पछिपछि गुडिरहेको बस्नेत सवार कारमा युवाहरु सडक किनारबाट दगुर्दै गएर रातो मसी फ्याँकेका थिए । महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एअरपोर्ट लाइनको सडकमा रातो मसी फ्याँकिएको हो ।

आक्रमणको प्रयासपछि बस्नेत सवार गाडी रोकिएको थियो । प्रहरीले दुई जना युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय सन्जोग गौतम रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा शिराशतमा राखिएको छ । बस्नेत सवार गाडीमा रातो मसी छ्याप्ने नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आवद्ध विद्यार्थी रहेको खुलेको छ ।

यसैबीच सुनसरीको इटहरीमा पार्टीका नेताहरू आएपछि आएपछि नयाँ पुस्ताका युवा (जेनजी) ले सुनसरीको दुहबीमा पनि प्रदर्शन गरेका छन् । महेश बस्नेत र एमाले नेता भानुभक्त ढकाल सवार भएको गाडी क्रस भइसकेपछि दुबहीमा स्थानीय युवाहरुले टायर बालेर प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्का अनुसार सडकमा बालिएको आगो प्रहरीले क्लियर गरिसकेको छ । ‘उहाँहरु क्रस भइसकेपछि टायर बालिएको थियो’, उनले भने, ‘ प्रहरीले क्लियर गरिसकेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर